यस दुनिँया माझ अब रहेनन् इरफान खान

बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ।



भारतको मुम्बइस्थित कोकिला बेन धिरुभाइ अम्बानी अस्पतालमा बुधबार बिहान उनको निधन भएको हो। खान दुई वर्षदेखि क्यान्सरबाट समेत पीडित थिए। उनलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो।  खानप्रति बलिउडकर्मीहरु लगायत चलचित्र प्रेमी हरूले दु:ख व्यक्त गरेका छन्। धेरै जसो कलाकारले ट्वीटर लगायत सामाजिक सञ्जालमा उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। खान बलिउडमा निकै अब्बल अभिनेताको रुपमा चिनिएका थिए। थिएटरबाट फिल्ममा आएका खानले ‘लन्च बक्स’, ‘तलबार’ जस्ता अत्याधिक सफल फिल्ममा अभिनय गरिसकेका थिए। पछिल्लो समय ‘इंग्लिस मिडियम’ फिल्ममा उनको अभिनय रहेको छ।

गत शनिबार मात्रै उनकी आमाको निधन भएको थियो। खानले ‘लाइफ अफ पाइ’, ‘स्लमडग मिलिनियर्स’, ‘जुरासिक वल्र्ड’ जस्ता अन्तर्राष्ट्रिय स्तरमा अत्याधिक सफल फिल्ममा समेत अभिनय गरिसकेका थिए।
Previous
Next Post »