केमिस्ट्री स्टुडेन्ट एसोसियशन(CSAN) नेपालको केन्द्रीय कम‍िटि गठन





२०७६/०३/२८, काठ्माडाै। स्टुडेन्ट एसोसियशन नेपालको केन्द्रीय अध्यक्षमा रसायनशास्त्र स्नातकोत्तर तेस्रो सेमेष्टरमा अध्ययनरत बागलुङका याम रोका मगर चयन भएका छन् । रसायनशास्त्र स्नातकोत्तर तेस्रो सेमेष्टरमा अध्ययनरत बिद्यार्थीहरुको भेलाले बागलुङका याम रोका मगरलाई अध्यक्षमा चयन गरेको हो । 
एसोसिएशनको दोस्रो कार्यकालको लागि उपाध्यक्षमा दिपा सापकोटा, सुरज पन्थ, सचीवमा आकाश घिमिरे, संजिव श्रेष्ठ, सह–सचिवमा विकाश निरौला र कोषाध्यक्षमा ओनिशा थापालाई चयन गरिएको छ । त्यस्तै सदस्यमा विकल्प विष्ट, सिजन गौतम , कल्पना थापा, चेतन लेङ्देन, प्रतिमा खड्का, सुनिल बराल, प्रवेश दाहाल, मनिस पोख्रेल, दिप बल्लभ उपाध्याय र मिना भाट रहेका छन् । अनुसन्धान संयोजन समितिमा सन्तोष भट्टराई, सौरभ कटुवाल, परिक्षा कार्की, पुर्णिमा शर्मा रहेको बताइएको छ । पत्र पत्रिका संयोजन समितिमा अनिल सिग्देल, पदमबहादुर गाहा मगरलाई चयन गरिएको छ भने कार्यक्रम संयोजन समितिमा बिक्रम अधिकारी, मौसमी केसी र शंकर जैसी रहेका छन् । एसोसियशनले बाँकी चार सदस्य पृथ्वीनारायण क्याम्पस पोखरा, भरतपुर चितवन र बिराटनगरबाट थप गरिने बताएको छ । 
देशै भर रसायनशास्त्र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीहरुको हक हितका लागि खोलिएको एसोसियशनले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । एसोसियशनले केही महिना अगाडि ’रसायनशास्त्र विद्यार्थीका अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । त्यस्तै त्रिभुवन विश्वविद्यालयबाट लिइने रसायनशास्त्र स्नातकोत्तर प्रवेश परिक्षाको तयारीको लागि ’सिसान मोक टेस्ट’ संचालन गरे थियो । एसोसिएशनले रसायनशास्त्र सम्बन्धित लेख रचनाहरु संकलन गरेर वार्षिक पत्रिका ’मस्कोन’ केही समय अगाडि प्रकाशनमा ल्याई विमोचन समारोह सम्पन्न गरेको थियो।
कार्यक्रमको समिक्षा गर्दै सचीव आकाश घिमिरे ले अब सिसान देशको सबैभन्दा ठूलो स्टुडेन्ट एसोसियशन बन्ने र सिङ्गो विज्ञान जगतलाई फाइदा हुने काम गर्ने दाबि गर्नुभयो। त्यस्तै एसोसियशनका केन्द्रीय सदस्य विकल्प विष्टले अब सारा नेपालिले सम्झनलायक गरि आफु एसोसियशनको लागि खट्ने प्रस्टाउनुभयो। अनुसन्धान संयोजन समितिमा रहनुभएका तथा टि यु केमिस्ट्री इन्ट्रान्स २०७५ टपर सौरभ कटुवाले अब देश अनुसन्धानको क्षेत्रमा काचुलि फेर्ने कुराको पनि दाबि गर्नुभयो।


Previous
Next Post »